प्रधानमन्त्री ओली अस्पताल भर्ना
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १४, शुक्रबार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार (चैत १३ गते) बेलुका ओलीले अस्वस्थ महसुस गरेपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगंजमा भर्ना गरिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको मुटुको चालमा गडबडी देखिएको भए पनि शुक्रबार बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले जनाएको छ ।
स्रोतले जनाएअनुसार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपरे पनि धेरै व्यस्त रहनुपरेकाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएको हो ।
दुई दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले करिब चार घण्टा बिताएका थिए ।
गत फागुन २१ मा प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
Categorized in राष्ट्रिय