STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री देउबालाई साँस्कृतिककर्मी र चलचित्रकर्मिहरुको बधाई ज्ञापन

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ८, शुक्रबार

नेपाल साँस्कृतिक संघको तत्वावधानमा  कला तथा साँस्कृतिककर्मीहरु बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर    नव नियुक्त सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवालाइ बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे छन्  । 

यसरी बधाई तथा शुभकामना व्यक्त गर्न गएको टोलिमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, सदाबहार नायक भुवन केसी,   कलाकार  संघका उपाध्यक्ष एवं वरिष्ठ कलाकार मोहन निरौला, महासचिव चेत बहादुर सिंह 'राजा' , कोषाध्यक्ष सुनिल कटुवाल, सह-कोषाध्यक्ष पवित्रा आचार्य, कार्यसमिति सदस्यहरु उद्दव प्रसाद भट्टराई, रामेस्वर जङ्ग के, सि, गोपाल ढकाल "छन्दे" शितल केसी, धर्मेन्द्र आचार्य, सुदर्शन प्रसाद आचार्य , राजु शाही लगायत चलचित्र संघका अध्यक्ष  मधुसुदन प्रधान , उप  महासचिव  गोपाल काजी श्रेष्ठ , निर्माता संघ का गोविन्द शाहि, श्रीदेव बि, एल, वरिष्ठ चलचित्र पत्रकार  विजय रत्न तुलाधर , वरिष्ठ सन्चारकर्मी तथा  इनास नेपाल का अध्यक्ष  दयाराम पाण्डे  लगायत थुप्रै चलचित्रकर्मिको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा साँस्कृतिक संघका सभापति तिर्थ थापा र  महामन्त्री  रोशनी के सि ले समस्त कलाकर्मि हरुको तर्फबाट बधाई एवं शुभकामना स्वरुप ताम्रपत्र अर्पण गरेका थिए । पेशागत संघ/ सस्थाको पहिलो संघ चलचित्र कलाकार संघ FAAN को परिचय दिँदै  अध्यक्ष श्री रवीन्द्र खड्काले कोरोनाको कारण मारमा परेको चलचित्र क्षेत्र को बारे र सवै चलचित्रकर्मी ले प्राथमिकता का आधारमा सहज तरिका बाट भ्याक्सिन लगाउन पाउनु पर्ने कुरा छोटकरी परिचय साथ राखे ।

Categorized in सिनेमा