STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरूद्ध सबै प्रकारको संघर्ष गरिने : माओवादी केन्द्र

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ८, शनिबार

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गरिने बताएका छन्।

शुक्रबार राति प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डले यस्तो संघर्षमा उभिन लोकतन्त्र पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीलाई अपील गरेका छन्।

‘हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलिमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवं राष्ट्रघाती कदमको विरुद्ध कानूनी र राजनैतिक सबै प्रकारको संघष गर्न प्रतिवद्ध छ ।

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सार्वभैमिकता एवं स्वाधीनता, संविधान र लोकतन्त्र पक्षधर सबै राजनैतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी, कानूनविद, मानवअधिकारवादी, पेशाकर्मी लगायत आम जनसमुदायलाई एकतावद्ध भई राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र अग्रगमनको पक्षमा अभिन र संघर्ष गर्न हार्दिक अपील गर्दछ ।’ प्रचण्डले भनेका छन् ।

सरकार कोरोना संक्रमणको रोकथाम, नियन्त्रण, एवम् उपचार र असरलाई सम्बोधन गर्न गम्भीर हुनुको सट्टा सत्तास्वार्थमा केन्द्रित भई बाह्य हस्तक्षेपको आमन्त्रण गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

‘सरकार कोरोना संक्रमणको रोकथाम, नियन्त्रण एवं उपचार गर्न र यसको बुहआयामिक असरलाई संवोधन गर्न गम्भीर हुनुको सट्टा तुच्छ सत्तास्वार्थ केन्द्रित भई वाह्य हस्तक्षेपको आमन्त्रण एवं अभ्यास गराइरहेको छ र फाशिष्ट एवं राष्ट्रघाती बाटोमा अग्रसर भइरहेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

उनले प्रतिगमन र राष्ट्रघाती प्रवृत्तिलाई परास्त गर्नु अनिवार्य रहेको बताएका छन्।

Categorized in राजनीति