STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री समक्ष संस्कृति संरक्षणको माग

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष १७, शनिबार

परिवर्तन नेपालद्वारा संचालित नेपाली सस्कृती बचाऔ राष्ट्रिय महाअभियान केन्द्रिय सचिवालयको संयोजक सहितको प्रतिनीधि मण्डलले सम्माननिय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्युलाई भेटी देशमा बढदै गइरहेको साँस्कृतिक अतिक्रमण र विकृतिबारे जानकारी गराउँदै देशका पुरातात्विक सम्पदा एवं संकृतिलाई संरक्षण सम्बर्ध्दन गर्नका लागि राज्यको तर्फबाट बिशेष चासो र पहल हुनुपर्ने माग गरेको छ ।

सो अवसरमम कुनैपनि देशको सभ्यता र संस्कृतिसंग देशको पहिचान हुने हुनाले देशको अस्तित्व र गरिमालाई अक्षुण्य राख्नका लागि संस्कृति जीवन्त रहनु पर्ने अभियानको मूल उद्देश्य रहेको कुराको दावी अभियानकर्ताहरुले गरेका छन् ।

प्रतिनिधिमण्डलमा महाअभियानका संयोजक चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा महाअभियानका सदस्यहरू सुन्दर श्रेष्ठ, ठण्ड बहादुर अधिकारी, मुकुन्द मैनाली, मनोज भेटवाल, सुरज ढकाल र विश्वदीप घिमिरे टोलीमा सामेल रहेको कुरा थाहा भएको छ । प्रतिनिधि मण्डलले महाअभियानको प्रतिक स्बरूप नेपालको बिविध संस्कृति र सम्पदा अङ्कित छायाचित्र, अपील एवं महाअभियानको कार्यक्रम पुस्तिका पनि प्रधानमन्त्रीलाई अर्पण गरेको थाहा भएको छ । प्रतिनिधिमण्डल समक्ष प्रधानमन्त्रीले महाअभियानको सफलताको शुभकामना दिंदै सरकार संस्कृतिको संरक्षणका लागि सकारात्मक रहेको र सरकारको तर्फबाट यस अभियानलाई सहयोग रहने बताएको कुरा महाअभियानका संयोजक मोहन निरौलाले जानकारी गराएका छन् ।

परिबर्तन नेपाल अन्तर्गत गठन भएको ‘नेपाली संस्कृति बचाऔं महाअभियान-२०७८’ को शुभारम्भ २०७८ मंसिर २६ गते एक समारोहको बीच भएको थियो । महाअभियानले हप्तामा एकपटक बिभिन्न स्थानमा जनचेतनाका लागि अपील पनि बितरण गर्दै आएको छ ।

Categorized in राष्ट्रिय