प्रभातफेरी
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार
‘अन्तर्राष्ट्रिय गल्र्स इन आईसीटि डे’ को अवसरमा आज प्रभातफेरीको आयोजना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संघसंस्थाले आयोजना गरेको प्रभातफेरी कमलादीबाट सुरु भएर घण्टाघर, प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुनः कमलादीमा पुगेर कोणसभामा परिणत भएको हो ।
प्रभातफेरीमा सहभागीहरूले ‘आईसीटि हामी नारी जुटौँ देशमा विकासको मुल फुटाऊँ’, ‘आईसीटिबाट बालिकाहरूको भविष्य सुनिश्चित गरौँ’, ‘सूचना तथा सञ्चार प्रविधिमा किशोरीहरूको सहभागिता, डिजिटल नेपाल निर्माणमा प्रभावकारिता’ र ‘प्रविधिमा महिलाको पहुँच बराबर डिजिटल नेपालको सपना साकार’ लेखिएका प्ले कार्ड बोकिएका थिए । कोण सभालाई सम्वोधन गर्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस वर्षको अन्तर्राष्ट्रिय आईसीटि गल्र्स डे शहर केन्द्रीत भएपनि आगामी दिनमा ग्रामीण क्षेत्रमा भव्यताका साथ मनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय


