STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रवासीको सहयोगमा खेलमैदान निर्माण

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १७, आइतबार

रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान निर्माण भएको हो । करीब रु पाँच लाख लगानीमा ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका उपाध्यक्ष रेशम शर्माले जानकारी दिनुभयो । खेलमैदान निर्माणका लागि कतारमा पुगेका २८ युवाको रु तीन लाख ५० हजार सहयोगमा गत फागुनमा तीन रोपनी १४ आना जग्गा खरीद गरिएको थियो । क्लबले थप रु एक लाख खर्च गरेर खेलमैदान बनाएको हो । सरकारी निकायको सहयोगविनै खेलमैदान निर्माण गरेका हुन् । एक्साभेटर परिचालन गरेर जग्गा सम्याउन पुख्र्यौली नृत्य समूहले नाचगान गरेर जुटाएको रकम उपलब्ध गराएका थिए । बाध्यताले रोजगारी र अवसरको खोजीमा विदेशिए पनि गाउँको विकासका लागि सहयोग गरेको कतारमा रकम सङ्कलनका लागि संयोजन गर्नुभएका बालकृष्ण आचार्यले बताउनुभयो । खेलमैदानमा भलिबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स, फुटसल खेल सञ्चालन गर्न सकिने भएको छ । विस्तार गरेर फुटबल खेलसमेत सञ्चालन गर्न सकिने बनाउने क्लबको लक्ष्य छ । चिसापानीदेखि काफलडाँडा जोड्ने सडक विस्तारका लागि दुई लाख, ताकमकी रक्तक्यान्सरपीडित फुलमाया भण्डारीको उपचारका लागि रु एक लाख १४ हजार, हेम मावि शिवाङमा विद्युतीय पुस्तकालय स्थापना गर्न रु २० हजार सहयोग गरेका थिए । यसैगरी देवीस्थानका सुकबहादुर विकको उपचारका लागि रु १५ हजार, ताकमकी मिर्गौलापीडित इन्द्रा खत्रीको उपचारका लागि रु १३ हजार, काफलडाँडाकी शिवकुमारी शर्माको उपचारका लागि रु १० हजार सहयोग गरेका थिए । दुई स्थानीय तहका वडाको सीमा विवाद म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेत र रघुगङ्गा गाउँपालिका– ५ झिँका बासिन्दाबीच सिमाना विवाद बढेको छ । सीमाक्षेत्रमा पर्ने रघुगङ्गा र बराहपङ्ग्रेनी सामुदायिक वन तथा हिलाको भूगोललाई दुवै वडाका जनप्रतिनिधि र बासिन्दाले आफ्नो क्षेत्रमा भएको दाबी गर्न थालेपछि विवाद बढेको हो । सीमा विवादका कारण सामुदायिक वनको घाँस, दाउरा, काठ उपयोग र सीमाक्षेत्रमा पर्ने हिला गाउँमा विकास गतिविधि प्रभावित हुनुका साथै सामाजिक द्वन्द्व सिर्जना भएको छ । झिँका बासिन्दाले डेङ्ग्रेखोला र पात्लेखेतले घट्टेखोलालाई आफूहरुको सिमाना भएको दाबी गरेका छन् । रघुगङ्गा–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले साविक झिँ गाविसको ९ नं वडामा पर्ने हिला क्षेत्रलाई पात्लेखेतले दाबी गरेको, सीमाक्षेत्रमा रहेका सामुदायिक वनको उपभोग र आम्दानी वितरणमा पात्लेखेतका बासिन्दाले एकलौटी गरेका कारण विवाद भएको बताउनुभयो । “नापी विभागको नक्सा, साविकको वडा, सीमाक्षेत्रका बासिन्दाको जग्गाधनी पुर्जालगायतका कागजातका आधारमा झिँको सिमाना डेङ्ग्रेखोला हो”, वडाध्यक्ष शेरपुञ्जाले भन्नुभयो, “पात्लेखेतले दाबी गरेको हिला झिँको साविक ९ नं वडामा पर्छ ।” हिला गाउँमा करीब ३० घरधुरीको बसोबास छ । हिलामा केही वर्षयता पात्लेखेततर्फका बासिन्दाले घरजग्गा किन्ने र घर बनाउने क्रम बढेको छ । पात्लेखेतका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले विसं २०३५ मा नापी भएपछि २०३६ मा तत्कालीन घतान र झिँगाउँ पञ्चायतको बीच भागलाई छुट्याएर बनाइएको पात्लेखेतको जग्गाधनी पुर्जामा अभिलेख नभएको र विसं २०५५ मा दुई गाउँका जनप्रतिनिधिबीच भएको सहमतिका आधारमा घट्टेखोला सिमाना भएको बताउनुहुन्छ ।
Categorized in खेलकुद