STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रहरीका ३० एसपीको सरुवा

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २२, बुधबार

काठमाडाैँ -  नेपाल प्रहरीका ३० जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

झापाका एसपी कृष्ण प्रसाद कोइरालाको महानगरीय अपराध महाशाखा, काठमाडौँमा सरुवा हुँदा सानुराम भट्टराईलाई झापा सरुवा गरिएकाे छ। भट्टराई डिएसपी हुँदासम्म प्रम ओलीका पिएसओ थिए। चुनावको मिति घोषणा भएसँगै उनै भट्टराईलाई झापा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

झापाको प्रहरी प्रमुखमा भट्टराईको सरुवा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Categorized in राजनीति