प्रहरीको हत्यामा संलग्न सातजना सार्वजनिक
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ४, मंगलबार
डडेल्धुरा – प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न सात जनलाई सार्वजनिक गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका- २ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या संलग्न आराेपमा तिनीरहरुलाई सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका- १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।
घटना अनुसन्धानका सिलसिलामा १६ जना पक्राउ गरेको र तीमध्ये सात जनाले संलग्नता स्वीकार गरेका छन् । उनीहरूले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
घटनामा अन्य पनि संग्लनता रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।भारतसँग जोडिएको जुगेडा क्षेत्रमा विगतदेखि नै चोरी/तस्करी हुँदै आएको थियो।
प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा सात जनाको संलग्नता देखिएको जनाएको छ ।
Categorized in अपराध-दुर्घटना

