STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रहरीलाई चिनियाँ र फ्रान्सेली भाषा सिकाइयो

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ७, मंगलबार

नेपाल घुम्न आउने पर्यटकको पहिलो भेट सुरक्षाकर्मीसँग हुन्छ । त्यसैले सुरक्षाकर्मीको व्यवहार पर्यटनमैत्री हुनुपर्छ । अतिथि देवोः भवः भने झैं आगन्तुकहरुलाई राम्रो स्वागत सत्कार तथा उचित सम्मानको वातावरण भयो भने पर्यटकहरु दोहो¥याएर नेपाल भ्रमण गर्न आउँछन् । अझ आफ्नै भाषामा कुरा गर्न पाइयो भने पर्यटकहरु झन् खुशी हुन्छन् । त्यसैले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत लक्ष्य गरेर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीलाई चिनियाँ तथा फ्रान्सेली भाषा सिकाइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नका लागि आगन्तुकले बोलेका कुरा बुझेर सेवा प्रदान गर्न तथा नेपाल सरकारको पर्यटक भित्र्याउने योजना सफल बनाउन प्रशिक्षण दिइएको बताउनुभयो । आज समापन गरिएको प्रशिक्षण कार्यक्रममा उहाँले प्रहरी कर्मचारीलाई तालीममा सिकेका सीपलाई व्यवहारमा लागू गरी यात्रुमैत्री सेवा प्रवाह गर्न निर्देशन दिँदै तालीमले व्यावसायिक तथा व्यक्तिगत जीवनमासमेत सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले सेवाग्राहीलाई सन्तुष्ट पार्न, उनीहरुको अपेक्षा र नेपाल प्रहरीको दृष्टिकोण र उद्देश्यअनुसार सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो । प्रशिक्षणमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, ट्राफिक प्रहरी, पर्यटक प्रहरीको सहभागिता रहेको थियो । यसअघि पनि अङ्ग्रेजी भाषा, आचरण र व्यवहार, सकारात्मक सोचको विकास, शिष्ट व्यवहार विषयमा समेत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिइएको अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय