प्रहरी उपरीक्षक भट्टलाई नागरिक सम्मान
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार
नेपाल प्रहरीका उपरीक्षक राजेन्द्रप्रसाद भट्टलाई पश्चिम नवलपरासीमा नागरिक सम्मान प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको प्रमुखका रूपमा कार्यरत रहँदा जिल्लामा शान्तिसुरक्षा र अमनचैन राख्न सफल भएको भन्दै आज बिहान एक समारोहमा ागरिक समाजले उहाँलाई सम्मान गरेको हो ।
प्रहरी उपरीक्षक भट्ट पश्चिम नवलपरासी प्रहरी प्रमुखका रूपमा एक वर्ष एक महीनाको कार्यकालपश्चात् प्रहरी प्रधान कार्यालय बजेट शाखाको प्रमुखका रूपमा सरुवा हुुनुभएको छ । जिल्लामा रहँदा शान्तिसुरक्षा चुस्त राखेको तथा प्रहरीबाट सबै नागरिकले न्यायको महसुस गर्ने गरी कार्यसम्पादन गरेकाले उहाँलाई नागरिक सम्मानबाट सम्मान गरिएको नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले प्रहरी उपरीक्षक भट्टको कार्यकालमा आपराधिक गतिविधिमा कमी आउनाका साथै अपराध गर्नेहरुलाई पनि समयमै पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन प्रहरी उपरीक्षक भट्टले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
नागरिक समाजका उपाध्यक्ष सम्झना चौधरीले महिलासँग सम्बन्धित संवेदनशील मुद्दाहरुलाई उच्च प्राथमिकता दिएर न्यायको अनुभूति गराउने काममा प्रहरी उपरीक्षक भट्टको योगदान अविष्मरणीय रहेको उल्लेख गर्नुभयो । पत्रकार महासङ्घका जिल्ला अध्यक्ष हरि शर्माले कुनै राजनीतिक दवाब र विवादमा नपर्ने गरी कार्य नगर्नु नै प्रहरी उपरीक्षक भट्टको उदाहरणीय कार्य रहेको उल्लेख गर्नुभयो ।
Categorized in राष्ट्रिय


