प्राङ्गारिक मल बनाउन गृहिणी इच्छुक
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार
घरेलु फोहरको उचित व्यवस्थापन गर्न महिलाले मल बनाइने भाँडा ‘कम्पोष्ट मल बिन’ मन पराउन थालेका छन् । भान्छाको फोहरको उचित व्यवस्थापन हुने र कुहिएर मल बन्ने भएपछि गृहिणी कम्पोष्ट मल बनाउन इच्छुक देखिएका हुन् । कौसी तथा करेसाबारीमा लगाइएको तरकारीलाई राम्रो मल हुने भएपछि पछिल्लो समय गृहिणिको रोजाइमा कम्पोष्ट मल बिन पर्न थालेको हो ।
प्राङ्गारिक मल बनाउन प्रयोग गरिने सो भाँडालाई रु एक हजार पाँच सय पर्ने भए पनि पोखरा महानगरपालिका वडा नम्बर ८ ले वडाअन्तर्गतका विभिन्न समूहलाई आधा मूल्यमा निःशुल्क गरेको छ । यसबाट फोहोर व्यवस्थापन पनि भएको छ भने आफ्नै घरमा बनाइएको मल फूल र तरकारीका लागि प्रयोग गर्न पाइएको छ । बिहीबार सिमलचौरस्थित प्रतिभा मिलन आमा समूहका सदस्यलाई सो भाँडा वितरण गरिएको छ ।
वडाध्यक्ष रुद्रनाथ बरालले समूहमा आबद्ध ५५ जनालाई कम्पोष्ट मल बिन वितरण गर्दर् ैसडक विस्तारलगायत भौतिक विकाससँगै अब वातावरण तथा आत्मानिर्भरतासम्बन्धी कार्यक्रमलाई पनि वडाले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय


