STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फरक सोचका सिर्जनशील कलाकर्मी स्वतन्त्रसंसारको पृथक प्रस्तुति

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २८, आइतबार

विजयरत्न असंबरे


फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै फराकिलो भैसकेको छ। नेपाली तथा नेपालभाषीहरु माझ पहिचान राखेर यतिखेर संसार क्रियसन्स र एम्स इन्टरटेन्टमेन्ट मार्फत विश्वव्यापी फैलिने कोशिशमा रमेका स्वतन्त्र संसार महर्जन आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका सिर्जनशिल कलाकर्मि हुन् भने यतिखेर खस नेपाली तथा नेपालभाषीहरुका लोकप्रियमात्र नभइ सुपरिचित नाम हो । यिनै स्वतन्त्र संसार महर्जन विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहन गरेको लकडाउनको कारण प्रभावित बनेका छन्। लकडाउनका कारण घरैमा बसेर सिर्जनशील कार्यमा व्यस्त रहेका स्वतन्त्र महर्जन आफू शारीरिक रुपमा अशक्त भएतापनि सशक्त कार्य गर्न र गराउनमा नै रुचि राख्नेमात्र नभइ सामाजिक सेवामा दत्तचित्त रहेका सिर्जनशिल व्यक्तिका रुपमा चिनिन्छ । यसक्रममा फेसबुक लाइभ कार्यक्रम मार्फत नेपाली प्रतिभावान गायक–गायिकाहरुलाई प्रमोसन गर्ने कार्यमा पनि स्वतन्त्र संसार महर्जनको अग्रता देखिएको छ। अघिल्लो हप्ता लुकेको विलक्षण प्रतिभा गायक किशोरकुमार शाहीलाई प्रस्तुत गरेका स्वतन्त्रले यो हप्ताको शनिवार अर्का विलक्षण प्रतिभा गायिका सरिता शाहीलाई प्रस्तुत गरेर उल्लेखनिय कार्य गरेका छन् । गायिका सरिता शाहीसंग आफूभित्रको अर्को विलक्षण गायनको लुकिरहेको प्रतिभालाई पनि स्वतन्त्रले उजागर गरेका हुन। गायिका सरिता शाहीसंग नेपालभाषामा मनछुने गीत गाएर सवैको मनलाई आफ्नो बनाएका छन् । त्यस बाहेक लकडाउनको कारण मानिसलाई मात्र नभइकन कुकुरलाई पनि समस्या परेको समस्या आत्मसात गरेर कुकुरलाई खाना खुवाउने अन्तिम हप्ताको अभियानलाई हिजो शनिवार स्वतन्त्रले पूरा गरेका छन्। गृहनगर खोकना वरिपरी रहेका भोकाएका कुकुरहरुलाई भोजन गराउने चौथो हप्ताको कार्य पूरा गरेका हुन् ।
Categorized in सिनेमा