STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फरार दुई बलात्कार आरोपित पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २९, बुधबार

पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ । पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक असार २६ गते जबर्जस्ती करणी गरेका थिए । “मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती ग¥यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ” ३३ वर्षीया पीडित महिलाले भन्नुभयो । लामा उक्त घरमा विसं २०७२ देखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार अवस्थामा रहेका थिए । प्रहरीले सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसैगरी, पाँचखाल नपा–१ अनैकोटका ५७ वर्षीय इमानसिं तामाङले गत असार १३ गते बिहान आफ्नो बारीमा मकै गोड्न बोलाएर स्थानीय ३७ वर्षकी महिलालाई जबर्जस्ती गरी फरार रहेकामा प्रहरीले उनलाई गत आइतबार पक्राउ गरेको छ । प्रहरीले पीडितको बयान उद्धृत गर्दै बिहान ९ बजे उनकै बारीमा मकै गोडिरहेको अवस्थामा मुख थुनेर जबर्जस्ती करणी गर्दा चिच्याएर हारगुहार गरेपछि गाउँले आउँदा तामाङ भागेका थिए । तामाङलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासत राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना