STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फुटबलको विषयमा विवाद हुँदा फायरिङ

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २०, सोमबार

फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भन्नुभयो, “एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ ।” छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा नेपालीको महान् चाड दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ ।
Categorized in अपराध-दुर्घटना