STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फुटबलमा राष्ट्रसेवक टोली विजयी

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३, शुक्रबार

चौथो संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रसेवक टोली विजयी भएको छ । आज दिउँसो ३ः०० बजे एसओएस सुर्खेतको मैदानमा सञ्चालन भएको जनप्रतिनिधि र राष्ट्रसेवकबीचको खेलमा राष्ट्रसेवक टोली विजयी भएको हो । जनप्रतिनिधिहरुको नेतृत्व गर्नुभएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्वको टोलीलाई राष्ट्रसेवकहरुको नेतृत्व गर्नुभएका प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीको टोली ३–७ गोल हानेर विजयी भएको थियो । जनप्रतिनिधि टोली भने ३ गोलमै सीमित भएको थियो । त्यसैबीच, कुर्ची दौड प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । संविधान दिवसको अवसरमा कर्णालीका ७९ स्थानीय तहमा पनि घैँटोफोड, रस्सी तानातान, कपर्दी, भलिबल, बाघचाल, बुद्धिचाल, ब्याडमिन्टनजस्ता विभिन्न खेल आयोजना गरेर खुशी मनाइएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताउनुभयो । “दिवसको पूर्वसन्ध्यामा आज प्रदेशभरि हरेकको घरआँगनमा दिपावली गरिएको छ”, मन्त्री केसीले भन्नुभयो, “यसले नेपाली जनताको त्याग, साहस र बलिदानको उपलब्धिस्वरुप प्राप्त भएको नेपालको संविधान २०७२, को महत्व र खुशीलाई दर्शाएको छ ।” भोलि बिहान ७ः०० बजे प्रदेशभरि एकैचोटी सांस्कृतिक झाँकीसहित ¥याली गर्नुका साथै विविध कार्यक्रम गरेर संविधान दिवस भव्यताका साथ मनाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
Categorized in खेलकुद