STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फेडएक्सको दावी गलत ः चीन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार

संयुक्त राज्यअमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ । अमेरिकी कम्पनी फेडएक्सले प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका चीनमा आउनुपर्ने सामानको कम्तीमा १०० पाकेटलाई रोकेर राखेको हुनसक्ने अनुसन्धानले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले उक्त कम्पनीद्वारा सम्झौता विपरीत अन्य उल्लङ्घन गरेका छनकसमेत पत्ता लगाएको जनाइएको छन् । चिनियाँ अधिकारीले यस बिषयमा बृहत्, वस्तुनिष्ठ र न्यायिक आधारमा थप गहिराइमा पुग्ने गरी अनुसन्धानलाई निरन्तरता दिने पनि बताएका छन् । चासोका बिषयलाई गम्भीररूपमा तोडेको आरोपका आधारमा चीनले अनुसन्धान अघि बढाएको थियो । यसबाट अमेरिकी उक्त कम्पनीले चीनमा एउटा सामान तथा कागजातको शीघ्र ढुवानीका लागि गरेको कानून तथा नियमको वर्खिलाप भएको चिनियाँ अधिकारीको ठहर छ ।
Categorized in अन्तर्राष्ट्रिय