STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १४५, डिजेल र मट्टितेल १२८

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ७, शनिबार

फागुन ७, काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको छ । अब पेट्रोलको मूल्य १४५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

Categorized in बिजनेस