फेसएप को गोपनीयताको अनुसन्धान गर्न एफबीआई लाई आग्रह
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २, बिहिबार
अहिेले सामाजिक सञ्जाल मा फेसएप एकदमै धेरै प्रयोग भइरहेको छ । एस एप बाट एक जवान युवा मानिसको फोटोलाई बृद्ध फोटो बनाइदिन्छ । यो एप रसियन कम्पनीले बनाएको हो । तर अमेरिकी संसदको माथिल्लो सदनका प्रतिपक्षी दलका नेता शुमरले फेसएप माथि अनुसन्धान गर्न आग्रह गरेका छन् ।
योएप्सको गोपनीयतालाई लिएर अनेक प्रश्न उठिरहेको छ यसमाथि अनुसन्धान गर्न फेडेरल व्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र फेडरल ट्रेड कमिसनसँग आग्रह गरेका छन् । टुइटरमा एक पोष्टमा शुमरले फेसएपपलाई गम्भीर समस्या का संज्ञा दिएका छन् । फेसएपबाट नागरिकोहरुको डाटा अरु देशमा लैजानसक्ने चिन्ता पोष्ट मार्फत व्यक्त गरेका छन् । तर, फेसएप निर्माण कर्ताले यो एपले गोपनीयता असर नपर्ने भन्दै आरोप अस्वीकार गरेको छन् ।
यस एपको प्रयोगकर्ताको कुनैपनि डाटा रसियामा स्थानतरण नहुने भन्दै निर्माण कम्पनीद्धारा विज्ञप्तिमा टेक क्रन्चले लेखेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय