STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फोनिजद्वारा जनजाति खबरका विजयरत्नसहित छ जना पत्रकार सम्मानित हुँदै

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ श्रावण २३, बुधबार

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो स्थापना दिवस (श्रावण २७)मा हरेक बर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यस बर्ष फोनिज स्थापनाको २५ बर्ष पुरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत बर्ष समारोहमा प्रदान गरिने फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८१, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ र फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८१ छनौट सम्बन्धी निर्णय सार्वजनिक गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय सचिवालय बैठकले पुरस्कार तथा सम्मानको छनौटका लागि पुरस्कार तथा सम्मान छनौट समिति गठन गरेको र सो समितिले प्रक्रिया बमोजिम सम्मान र पुरस्कारका लागि पत्रकार र संस्थाको नाम छनौट गरी संघीय सचिवालयलाई बुझाएकोमा मिति २०८१ साउन २२ गते बसेको सचिवालयको बैठकले अनुमोदन गरेको छ ।

सम्मान तथा पुरस्कारका लागि छनौट हुनुभएका फोनिजकर्मी र संस्था देहाय बमोजिम रहेको छ । 

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ बाट  विजयरत्न तुलाधर (अनलाईन)  ,  पुष्पहरि क्याम्पा राई (टेलिभिजन) र लौव अग्रासन (थारु भाषा) सम्मानित गरिने भएको छ ।  यस्तैगरी फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट सटेन्द्र जबेगु (अनलाईन) , विष्णु तामाङ (छापा) , खिमा गुरुङ (रेडियो) पुरस्कृत हुने भएको छ । सम्मानित गरिन लागिएका तुलाधर जनजाति खबरडटकममा संरक्षकका रुपमा आबद्ध छन् ।

फोनिज राष्ट्रिय पत्रकारिता सम्मानमा नगद राशी पुरस्कार रु. २५,०००।– (पच्चिस हजार) र फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारमा नगद राशि रु. २०,०००।– (बीस हजार) रहेको कुरा फोनिज को तर्फबाट कावा. महासचिव समीर बलामीले एक विज्ञप्ति प्रकाशित गरी जानकारी गराएका छन् ।

Categorized in राष्ट्रिय