फोनिज काठमाडौं जिल्लाको नेतृत्वमा शैलेस डंगोल
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर २१, मंगलबार
आदिबासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा काठमाडौंको छैठौं जिल्ला अधिवेशनले शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा सरु श्रेष्ठ, भीम लामा, सुजन पाख्रिन, गीतु छन्त्याल, तेज किराँती, आङ्गेलु शेर्पा, मिङ्मा लामा र नितु डंगोल सर्वसम्मत चयन भएका छन् । कार्य समिति सदस्यमा चयन भएका नितु डंगोल पूर्व मिस नेवाः हुन् ।
अधिवेशनले बागमती प्रदेश महाधिवेशनका लागि १७ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । जसमा राजेन्द्र मानन्धर, उदेन न्हुसायमी मानन्धर, प्रविन महर्जन, श्याम राई, हरिश लामा, डिग बहादुर श्रेष्ठ, नेम्गेल मोक्तान, पासाङ शेर्पा, सरु श्रेष्ठ, अरविन्द्र मान सिंह, रसिया श्रेष्ठ, दिव्य रत्न महर्जन, सृजना मगर, मीनु तामाङ, लक्ष्मी श्रेष्ठ, रेजिना श्रेष्ठ र मिङ्मा यस श्रेष्ठ चयन भएका हुन् ।
जिल्ला अधिवेशनबाटै संघिय महाधिवेशका लागि ११ जना प्रतिनिधि सर्वसम्मत चयन भएकाहरुमा सुन्दर भक्त श्रेष्ठ, अमिर लामा, मञ्जीत महर्जन, श्याम नापित, सम्पदा लिम्बु, नुनुता राई, निशा तामाङ, रत्न काजी महर्जन, यशोदा भुजेल, राम मगर र राज्यलक्ष्मी शाक्य संघिय महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।
फोनिजको विधानमा ३० जना सदस्य भएको शाखाबाट संघिय महाधिवेशनका लागि एक महिला सहित दुई प्रतिनिधि चयन गर्ने व्यवस्था छ । ३० भन्दा बढि संख्या रहेको शाखाबाट हरेक १० जना सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यस्तै प्रदेश महाधिवेशनको लागि सात सदस्य बराबर एक प्रतिनिधि चयन गर्ने व्यवस्था फोनिजको विधानमा छ ।
कार्यक्रमको प्रमुख अतिथीका रुपमा काठमाडौं महानगरपालिकाकी उप मेयर हरिप्रभा खड्गीज्युले आदिवासी जनजातिहरुको साझा मुद्धाको उत्थान र संरक्षण आदिवासी जनजाति पत्रकारहरुले अझै सशक्त र जिम्मेवार भएर गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै फोनिज संघिय कोषाध्यक्ष अमरध्वज लामाले आदीवासी जनजाति पत्रकारहरु आफ्नो व्यक्तित्व विकासमा लाग्नुपर्ने र व्यवसायिक पत्रकारितासँगै आदिवासीका सवालहरुमा केन्द्रित हुनुपर्ने बताउनुभयो । अध्यक्ष मण्डलका संयोजक समेत रहेका फोनिज बागतीका ईन्चार्ज समीर बलामीले पछिल्लो समय फोनिज शाखाहरु निश्क्रिय रहेको भन्दै सक्रिय हुन निर्देशन दिनुभयो । फोनिजले फोनिजकर्मीलाई क्षमता विकाससँगै व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने बताउनुभयो ।
फोनिजको मंसिर २५ गते सबै शाखाहरुको अधिवेशन हुँदैछ । यस्तै पौष २४ गते सातै प्रदेशको महाधिवेशन हुँदैछ । माघको ७ र ८ गते फोनिजको सातौं संघिय महाधिवेशन हुने भएको छ ।
Categorized in साहित्य-कला

