फोनिज गण्डकीको अध्यक्षमा मगर
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज गण्डकी प्रदेशको अध्यक्षमा एमबी मानबहादुर आस्था मगर सर्वसम्मत निर्वाचित हुुुनुभएको छ ।
आइतबार अबेर सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट आस्था कास्की को अध्यक्षतामा १७ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । त्यसैगरी उपाध्यक्षमा दिल शिरिष बागलुङ उपाध्यक्ष महीलामा कमला राना नवलपुर महासचिवमा रुद्र श्रीसमगर कास्की, सचिवमा खिमा गुरुङ सङ्गठन कास्की, सचिवमा तनहुँका सुनिता थापामगर संस्थागत र कोषाध्यक्षमा सिर्जना राना तनहुँ रहनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा सुसान्त गाहामगर कास्की, सुमन गुरुङ कास्की, गणेश गुरुङ म्याग्दी, तिलक गुरुङ स्याङ्जा, मुना थापामगर नवलपुर, सूर्यकुमारी महतो नवलपुर, सुमन थापामगर कास्की, मीना थापाम मगर पत्रकार सङ्घ, र मनिलाल गुरुङ तमु सञ्चारकर्मी सङ्घ हुनुहुन्छ । नवनिर्वाचित कार्यसमितिलाई फोनिजका राष्ट्रिय अध्यक्ष डण्ड गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष आस्था मगरले फोनिजलाई सशक्त संस्थाको रुपमा अघि बढाउँदै पत्रकारिताको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय


