STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बजारमा म्याद गुज्रेका र अखाद्य वस्तुको बिक्री

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार

बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो । बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी नेतृत्वको टोलीले गरेको अनुगमनमा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको कारण त्यसलाई नष्ट गरी अब त्यस्तो नगर्न पसल सञ्चालकलाई सचेत गराएको छ । सो क्षेत्रका दर्जनौँ पसलमध्ये पाँच÷छ वटा पसलमा म्याद गुज्रेका र अखाद्य वस्तुको समेत प्रयोग गरी बिक्री वितरण गर्दै आएको पाएपछि ती सामग्री नष्ट गरिएको हो । “हामीले सो ठाउँको किराना पसलमा गरेको अनुगमनमा म्याद गुज्रेका तीन कार्टुन सन् फ्लावर तेलको प्याकेट, वनस्पति घ्यू १४ प्याकेट, मिरिन्डा र स्प्राइड, खुर्सानी र बेसारको धुलो नष्ट गरेका छौँ ।” उहाँले भन्नुभयो, “त्यससँगै विशेष गरी त्यस ठाउँमा बिक्री हुँदै आएको माछामा अखाद्य वस्तु ९रङ० मिसाएर बेच्नुका साथै बजारमा धुलो धुँवा उडेको ठाउँमा खुलारुपमा नै गाडामा राखेर र प्लेटमा राखेर गाडीका यात्रुलाई बेच्ने गरेको पाइएको छ ।” जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा परिचित दोलालघाट बजारमा खुलारुपमा बाहिर नै राखेर बिक्री गर्दै आएको माछामा अखाद्य वस्तु प्रयोग गर्नुका साथै धुलो धुँवा मिसिएको पाइएको बताउँदै त्यसको लागि सुरक्षित तवरले बिक्री गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । “त्यसको लागि हामीले सात दिनको समय दिएर अखाद्य वस्तु प्रयोग नगर्ने, धुलो नपस्ने गरी सिसाको बार लगाएर राख्ने, जालीले बेर्ने र प्लाष्टिकले छोपेर राख्नुपर्ने भनी निर्देशन दिएका छौँ ।” पुरीले भन्नुभयो, “यदि दिएको समयभित्र पनि निर्देशन पालना नगरेको पाइएमा देखिएका वस्तु जफत गर्नेछौँ ।” खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव भण्डारीले भुटेर खाने वस्तुमा रङ हालेर पकाएर खुवाएको खण्डमा दूषितअन्तर्गत कारवाही हुने बताउनुभयो । “आज हामीले चेतावनी मात्रै दिएका छौँ, भोलिको दिनमा सुधार नगरी यस्तै गरी बिक्री वितरण गरेको पाइएमा कारवाही गर्न बाध्य हुन्छौँ ।” भण्डारीले भन्नुभयो ।
Categorized in राष्ट्रिय