STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बज्रवाराहीको आफ्नै भवन

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २७, आइतबार

गोदावरी नगरपालिका–११ चापागाउँस्थित श्रीमाई बज्रवाराही बचत तथा ऋण सहकारी संस्था बज्रवाराही साकोस ले आफ्नै नयाँ भवन निर्माण गरेको छ । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले संस्थाले आफ्नै नाममा भवन निर्माण गरी अघि बढ्नु अन्य सहकारीलाई पनि प्रेरणा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सहकारीमा गरिएको लगानीमार्फत गोदावरीमा बेरोजगारीको अन्त्य हुनुपर्छ ।” संस्थाका अध्यक्ष रामभक्त महर्जनले यो सहकारी गोदावरी भेगको नमूना सहकारीको रूपमा रही आर्थिक कारोवारका साथै अन्य क्षेत्रमा पनि लगानी गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “१४ वर्षअघि एउटा कोठा भाडामा लिएर सञ्चालन गरिएको यो सहकारी रु एक करोड ४३ लाख खर्च गरी पाँच आना जग्गामा साढे चारतलाको भवन निर्माण गर्न सफल भएको छ ।” अन्य सङ्घसंस्थाले कार्यक्रम गर्न चाहेको खण्डमा संस्थाको भवन उपलब्ध गराउने महर्जनले विश्वास दिलाउनुभयो । संस्थाका उपाध्यक्ष देवेन्द्र श्रेष्ठले विसं २०७२ बाट आफूहरुले संस्थाको भवन बनाउने योजना अघि बढाउँदा हाल आएर सानो कोठामा बसी सहकारीको काम गर्नुपर्ने समस्या अन्त्य भएको मत राख्नुभयो । संस्थाका संस्थापक अध्यक्ष जगमोहनमेयर कायस्थले दिन दुई गुणा रात चौगुणा हुँदै यस संस्थाले प्रगतिको सिँढी हासिल गर्दै अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई हजार ४३१ शेयर सदस्य रहेको यस संस्थाले रु २५ करोड बढीको कारोवार गर्न सफल भइसकेको छ ।” राष्ट्रिय सहकारी बैंक चापागाउँ शाखाका प्रमुख रामशरण सापकोटाले मुलुक परिवर्तन गर्ने एक विशेष माध्यम सहकारी रहेको विचार राख्नुभयो । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष दीपक घिमिरेले सहकारीमार्फत उत्पादनमूलक काममा जोड दिनुपर्ने बताउनुभयो । जिल्ला कृषि सहकारी सङ्घ ललितपुरका सचिव पुरुषोतम हुमागाईंले यस संस्थाले चापागाउँमा रहेको बज्रवाराही माताको नाम जोडेर सहकारी सञ्चालन गरी धर्म र पर्यटनलाई पनि सँगै अघि बढाएको आँैल्याउनुभयो ।
Categorized in राष्ट्रिय