STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बञ्चरेडाँडामा स्थानीय फोहोर फाल्न दिएन, स्थानीय र प्रहरीबीच झडप

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २६, बिहिबार

काठमाडौं -  नुवाकोटको पूर्वी भेगमा रहेको औखरपौवा बञ्चरेडाँडामा बुधबार दिनभरि तनावग्रस्त बन्यो। फोहोर विसर्जनको विषयलाई लिएर स्थानीयबासी र प्रहरीबीच झडपसममेत भयो। डेढ दशकदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको छ ।

विदुरदेखि ५५ किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका-२ स्थित बञ्चरेडाँडामा एकतर्फीरुपमा फोहोर फाल्न नपाइने जनाउँदै स्थानीयबासीले अवरुद्ध गरेका छन्। प्रहरीले नियन्त्रणमा लिएपछि तोडफोडामा उत्रनु परेको स्थानीयबासीको भनाइ छ।

काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका तीन सयभन्दा बढी टिपरलाई स्थानीयले रोकेका छन्।

प्रहरीका अनुसार १५ वटा गाडीमाथि तोडफोड गरिएको छ। जनताको माग पूरा गर्नु सरकारको दायित्व भएको भन्दै उनीहरुले प्रहरी लगाएर बल प्रयोग गरेको गुनासो गरे। झडप नियन्त्रणमा लिन प्रहरीले ५ राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको स्थानीयहरुको दाबी छ। तर प्रहरीले दुई सेल अश्रुग्यास मात्र प्रहार गरेको जनाएको छ।

आक्रामक भीडले फोहोर कोकेका गाडीमाथि तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको काठामाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताए। बन्चरेडाँडामा दुई सय प्रहरी परिचालन गरिएको छ।

तीन दिनअघि सरकार, काठमाडौ महानगर र स्थानीबच फोहोर फाल्ने विषयमा सहमति जुटे पनि मुआब्बा, स्वास्थ्य, सुरक्षालगायत माग राखी स्थानीयहरुले अवरोध गर्न छाडेका छैनन्। ओखरपौवाको सिसडोल र बन्चारेडाँडामा उनीहरुले मुआब्जा, रोजगारी, स्वास्थ्य बिमालगायतका माग राख्दै दिनहुँ प्रदर्शन गरिरहेका छन्।

Categorized in राजनीति