STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बढ्यो पेट्रोल र डिजेलको मूल्य

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १, मंगलबार

काठमाडौं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजलेको मूल्य प्रतिलिटर तीन  रुपैयाँले बढाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट सोमबार पेट्रोलको मूल्य प्रतिलिटर ४.४८ र डिजेलको मूल्य प्रतिलिटर २.८३ रुपैयाँले बढेर आएको छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ ।

Categorized in बिजनेस