STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बनेपाकाे जङ्गलमा पुरुषको शव फेला

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १६, आइतबार

बनेपा - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा फेला परेको अन्दाजी वर्ष ३०/३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो । 

शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ । 

Categorized in अपराध-दुर्घटना