STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बलात्कारको घटना गाउँमै मिलाउने पञ्च !

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १९, सोमबार

सिरहा – बलात्कारको घटना गाउँमै मिलाउने पञ्चसहित घटनामा संलग्नलाई सिराहाबाट प्रहरीले पक्राउ गरेको छ।

सिराहाको बिष्णुपुर गाउँपालिका वडा नं १ मा गत सोमबार भएको बलात्कार घटनालाई पञ्चायती गरेर मिलाउने पञ्चसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार गत सोमबार साँझ ५ बजेको समयमा वडा नं. १ स्थित सत्रुधन साहको घरमा २० वर्षीय मुकेश कुमार साहले सोही स्थानकी १६ वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।

मुकेशले बालिकामाथि जबरजस्ती करणी गरेको झोंकमा पीडितका भाइले आवेगमा आएर पीडित बालिकालाई नै कुटपिट गरी घाइते बनाएका थिए ।

घाइते भएकी पीडितलाई आफन्तको सहयोगमा स्थानीय क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होममा लगिएको थियो । अस्पतालबाट उनी शुक्रबार घर फर्कँदा गाउँका पञ्चहरुले यस घटनालाई गाउँमै मिलाउनेगरी कागज तयार पारेका थिए।

यसबारे प्रहरीलाई जानकारी भएपछि पञ्चहरुसहित संलग्न पिडकलाई पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता प्रसाईले जानकारी दिए।

पक्राउ पर्नेमा पिडक २० वर्षीय मुकेश कुमार साह तथा पञ्चहरु ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्द कुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राज कुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राज कुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्याम सुन्दर यादव रहेको प्रहरी प्रवक्ता प्रसाईले बताए।

प्रहरीले सूचना पाएपछि यादवको घरमा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन गरिएको कागज बरामद भएको हो । पक्राउ परेकाको संलग्नतामा पीडकले पीडितलाई ५ लाख दिनेगरी बनाएको तमसुक कागज बरामद गरिएको प्रहरीले जनाएको छ।

Categorized in अपराध-दुर्घटना