बलात्कार आरोपमा एक पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १९, आइतबार
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ ।
छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
गत शुक्रबार बेलुका खेतबारीबाट आउँदै गरेको अवस्थामा महराले आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीको भनाइ छ । दुवै जनाको स्वास्थ्य परीक्षण गराएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना