बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २२, आइतबार
काठमाडौं - बलात्कार आरोपमा पक्राउ पर्नुभएका सांसद मोहन बानियाँलाई निलम्बन गरिएको छ । प्रतिनिधिसभाको बैठकले आइतबार उहाँलाई निलम्वन गरहेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकबाट सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराउनुभयो ।
एक महिलाले बलात्कारको उजुरी दिएपछि उहाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहनुभएको उहाँमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।


