STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २, बिहिबार

एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ । न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिनुभयो । आरोपित अलिमियाँले विसं २०७४ पुस ८ गते बलात्कार गरेको भनी किशोरीका आफन्तले वैशाख १६ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए । किशोरीको २०७४ चैत १८ गते गण्डकी अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना