STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १९, शुक्रबार

एजेन्सी - बलिउडका प्रसिद्द नृत्य निर्देशक सरोज खानको आज शुक्रबार विहान निधन भएको छ । भारतीय समाचार एजेन्सीहरुले जनाए अनुसार मुम्बईको गुरु नानक अस्पतालमा उपचारको क्रममा आज विहान करिब २ः३० बजे ७२ वर्षको उमेरमा निधन भएको कुरा उनका भतिज मनिष जगवानीले जानकारी गराएको कुरा समाचारमा जनाईएको छ ।  हृदयघात भएपछि गत महिना उनीलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनी ७२ वर्षकी थिइन्। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्। सन् १९४८ नोभेम्बर २२ का दिन भारतको तत्कालिन बम्बइमा जन्मेका सरोज खान सानै उमेरदेखि नृत्य क्षेत्रका लागेकी थिइन् भने पछी गएर बलिउड भनेर चिनिने विश्व प्रसिद्ध चलचित्र नगरीमा एक सशक्त नृत्य निर्देशकका रुपमा ख्याति कमाएकी थिइन् । बाल कलाकारका रुपमा चलचित्र यात्रा शुरु गरेकी सरोज खानले सन् १९७४ मा प्रसिद्ध अभिनेत्री साधनाको निर्देशनमा बनेको गीता मेरा नाम चलचित्रबाट आफ्नो नृत्य निर्देशनको यात्रा शुरु गरेकी थिइन् । विशेष गरेर माधुरी दिक्षितले अभिनय गरेको चलचित्र तेजाब को एक दो तीन र थानेदार को तम्मा तम्मा , श्रीदेवीले अभिनय गरेका चाँदनी मेरे हाथों में , चालबाज को ना जाने कहाँ से आइ हे लगायतका चलचित्रका गीतहरुका कारण ख्याति कमाएकी सरोज खानले नृत्य निर्देशन गरेको अन्तिम चलचित्र कलंक हो भने उनको निधनले बलिउडले एउटा अप्रतिम कलाकर्मि गुमाएको कुरा उनको निधनमा शोक व्यक्त गर्ने क्रममा बलिउडका कलाकर्मिहरुले भनेका छन् ।  
Categorized in सिनेमा