बस र ट्रक ठोक्कीँदा तीन जना घाइते
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो ।
घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर खाने दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना