STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाख्रामा पिपिआर रोग विरुद्ध खोप

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

रामपुर नगरपालिका भित्रका दश हजार बाख्रामा पिपिआर विरुद्धको खोप लगाउने काम भइरहेको छ । ‘राष्ट्रिय पिपिआर भ्याक्सिनेशन कार्यक्रम’अन्तर्गत नगरपालिकाभित्र बाख्रामा पिपिआर रोग विरुद्ध खोप लगाउन थालिएको हो । पशुसेवा शाखामार्फत नगरका दशवटै वडामा प्राविधिक खटिएर खोप लगाउने काम भइरहेको शाखा प्रमुख मोहनप्रसाद भट्टराई बताउनुहुन्छ । “महामारीका रुपमा एक बाख्राबाट अर्को बाख्रामा सङ्क्रमण फैलिने भएकाले पिपिआर रोग विरुद्ध खोप दिन दशवटै वडामा प्राविधिक परिचालन गरिएको छ”। उहाँले भन्नुभयो । यही वैशाख १९ गतेदेखि शुरु भएको उक्त अभियान वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । पशु प्राविधिक वडाका विभिन्न ठाउँमा पुगेर बाख्रालाई खोप लगाउँदै आएका छन् । हालसम्म नगरपालिका भित्रका दुई हजार पाँच सय बाख्रामा पिपिआर विरुद्धको खोप लगाइएको छ । पशुसेवा शाखामार्फत चार कर्मचारी र ६ सिक्दै गरेका विद्यार्थी परिचालन गरिएको छ । सिगान जस्तै नाकबाट पानी बग्ने, आँखामा पिप्रा आउने, टाउको सुन्निने, आँखा सुन्निने, ज्वरो आउनेलगायत पिपिआर रोगको लक्षण हो । एउटा बाख्रामा पिपिआर रोग लागेपछि अन्यमा समेत सर्ने हुँदा सजगता अपनाउनुपर्ने आवश्यक छ ।
Categorized in राष्ट्रिय