STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बागलुङ पहिराेमा बेपत्ता वृद्धाको शव फेला

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २८, आइतबार

बागलुङ – अविरल वर्षासँगै आज बिहान आएको पहिरामा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ । यसअघि पहिरामा परी वडा नं १ कुश्मिशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियोे । मृतक दुवै वृद्धाको शवपरीक्षणको तयारी भइरहेको छ । पहिरामा टुनिबोटका ७० वर्षीय मणिभद्र पाध्याको घाइते अवस्थामा उद्धार गरिएको छ । उहाँका छोरी देवी शर्मा सामान्य घाइते हुनुहुन्छ । उहाँहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचार भइरहेको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो । बागलुङ–कुश्मिशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनिबोटका तीन घरमा क्षति पु¥याएको स्थानीयवासी केदार पौडेलले जानकारी दिनुभयो । पहिराले सो नगरपालिकामा चार घर पुरेको छ । दुई घर विस्थापित भएको नगर उप–प्रमुख लीला रानाले बताउनुभयो । टुनिबोटमा केही पशुचौपायासमेत मरेका छन् । पहिराले तीनवटा गोठमा समेत क्षति पुर्याएको छ । वर्षा नरोरिएकाले उद्धारमा कठिनाइ भइरहेको पौडेलले बताउनुभयो । पहिराको थप विवरण आउन बाँकी छ । जैमिनी–५ बिनामारेको सिम्लेमा पहिराले एक घर नीलकण्ठ पौडेलको परिवारका अन्य ६ जना घाइते भएका छन् । बाँसको झ्याङले अँठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचारका लागि पठाइएको छ । जैमिनीको दुवै वडामा गएको पहिराको मुख्य कारण सडक निर्माणका क्रममा बनाइएका संरचना भएको स्थानीयवासीले बताएका छन् ।

फाइल तस्बिर

Categorized in अपराध-दुर्घटना