STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाग्लुङमा बाम गठबन्धनका शाही विजयी

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १६, सोमबार

बागलुङ क्षेत्र नं २ ख प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्नुभएको हो । शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत ल्याउनुभयो । बागलुङ क्षेत्र नं २ ९ख० बाट दुई जना स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा थिए । तेस्रो हुनुभएका समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत प्राप्त गर्नुभयो । त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा९संयुक्त०का निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ मा भएको आमनिर्वाचनमा तत्कालीन नेकपा९एमाले० र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य हुनुभएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खाली भएको बागलुङ क्षेत्र नं २ ९ख० ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ । पैँतीस हजार १८४ मतदाता रहेको सो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो । सोमध्ये ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङकै बडिगाड गाउँपालिका–२मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन विजयी हुनुभएको छ ।
Categorized in राष्ट्रिय