STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालकाेटमा कांग्रेस-एमाले वार्ता

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १४, शनिबार

नेपाली कांग्रेस र एमाले नेताहरूबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा वार्ता जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुनुअघि दुई दलका दोस्रो तहका नेताबीच छलफल सुरु भएको हो । 

छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । यस्तै एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।

दोस्रो तहका नेताबीच सहमतिको मोडालिटीबारे छलफल भइरहेको छ । सरकारले एमसीसी अनुमोदनका लागि एमालेसँग सहयोग मागेको छ । एमालेले पनि सर्तसहित सहयोग गर्ने बताएको छ । एमालेले आफूनो पार्टी संसदमा जाने वातावरण बन्नुपर्ने सर्त राखेको छ । उसको सो सर्तको मतलव सभामुख अग्नि सापकोटाको बहिर्गमन वा हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपालसहित १४ जना सांसद पदमुक्त हो ।

हालसम्म कांग्रेसको एमालेको यो सर्तमा सहमत भइसकेको छैन । त्यसैले एमालेलाई संसदमा ल्याउने अन्य विकल्पहरुबारे पनि छलफल चलिरहेको छ । 

यो छलफल सकरात्मक भए प्रधानमन्त्री देउवा बालकोट पुग्नेछन् । 

Categorized in राजनीति