बालबालिका ओसारपसार अपराधबारे अन्तरक्रिया सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ३०, शनिबार
संवाद डबलीद्वारा आयोजना गरेको ‘२७ बालबालिका उद्धार र ७ प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नायक तथा चलचित्र निर्माता नवल खड्का प्रमुख अतिथी रहेको सो कार्यक्रममा कलाकार खडकाले राज्यले अभिभावकत्व नगरेकै कारण बालबालिका ओसारपसार भइरहेको बताए । राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलिभगतमा बालबालिका किनबेच र व्यापारको बस्तु भइरहेको विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै खड्काले गरिबीकै कारण कतिपय बालबालिकाहरु बालगृहमा पुग्ने गरेको बताउँदै बालबालिकाको नैसर्गिक अधिकारको राज्यले ग्यारेण्टी गर्नु पर्ने बताए । राज्य जिम्मेवार भएमात्रै आँखा फुटाएर, हात बाँचेर, बालबालिकालाई माग्ने काममा लगाएर भइरहेको कमाउ धन्दाको अन्त्य हुने बताए , खुल्ला सिमानाकाे दुरुपयोग गर्दै बालबालिका ,महिला, बेचबिखन भईरहेकाले अपराधीक गतिविधि राेक्नका लागि नै अाफुले सिमानामा काँडेतार बार लगाउन पर्छ भन्नेमा जाेडदिईएकाे बताए ।
महिला जेष्ठ नागरिक तथा बालबालिका मन्त्रालय मातहतको राष्ट्रिय बाल अधिकार परिषदकी कार्यक्रम व्यवस्थापक नमुना भुसालले परिवारसँगै बस्न पाउनुपर्ने बालबालिकाको पहिलो अधिकार भएको बताइन् । उनले गाउँबाट बालबालिका ल्याएर केही बालगृहले कमाउ धन्दा चलाइरहेको बताउँदै परिषदले अनुमगन गरिरहेको बताइन् ।
भुसालले अहिले ४४ जिल्लामा गरी ४५४ बालगृह रहेको जानकारी दिँदै केही बालगृहलाई बालबालिकाले पालेको बताइन् । परिषदले गरेको अनुगमनको कर्णाली लगायतका दुर्गम जिल्लाबाट ल्याइने अधिकांश बालबालिकाका आमाबुबा भएको पाइएको समेत भुसालले जानकारी दिइन् ।
सो कार्यक्रममा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकाल,हिमाली नविन समाजका कार्यकारी निर्देशक डिबी लामा, किप इन फ्यामिली टुगेदरका कोर्डिनेटर भविन्द्र राई,
नेकपा माओवादी केन्द्रका हुम्ला जिल्लाका स्थानीय नेता रणसिंह परिवारले बालबालिका सम्बन्ध अा-अाफ्ना बिचार व्यक्त गरेका थिए ।
Categorized in राष्ट्रिय

