STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालश्रम न्यूनीकरण अभियान शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार

विदुर नगरपालिकाको सहयोग तथा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने नगरपालिकाले जनाएको छ । अभियानअन्तर्गत शनिबार विदुर नगरपालिका–४ को समन्वयमा बट्टारमा बालश्रम न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरियो । अन्तक्र्रियामा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बालश्रम न्यूनीकरणका लागि आफूहरु प्रतिबद्ध रहेको र विदुर नगरक्षेत्रलाई बालश्रमरहित बनाउने उद्देश्यका साथ अभियान शुरु गरिएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख गीताकुमारी दाहालले समाज विकासको अवरोधका रुपमा रहेको बालश्रम अन्त्यका लागि सबैभन्दा पहिला परिवार नै जिम्मेवार बन्नुपर्ने बताउँदै यसका कारकहरुको पहिचान गरी समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले आफ्नो वडालाई बालश्रम न्यूनीकरणका लागि नमुना वडाका रुपमा बिकसित गरिने बताउँदै बालश्रमको स्रोत र गन्तब्य बन्ने संभावनाको अन्त्य वडाको अभिष्ट रहेको स्पष्ट पार्नुभयो । वडा नं ४ भित्रका सहकारी संस्था, महिला स्वयंसेविका, होटल व्यवसायी, यातायात व्यवसायी र विभिन्न विद्यालयका बालक्लबका प्रतिनिधि सहभागी कार्यक्रममा बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुएका विष्णबहादुर खत्रीले बालश्रम न्यूनीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जालपा मिडिया सर्भिसका प्रबन्ध निर्देशक शिव देवकोटाले अभियानको सार्थकताका लागि सञ्चालन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । यसअघि बिहीबार विदुर नगरकार्यपालिकाका सदस्य र सरोकारवालासँग गरिएको अन्तक्र्रियामा बालश्रम न्यूनीकरणका सन्दर्भमा उपनाउनुपर्ने उपाय र आगामी रणनीतिका बारेमा छलफल गरिएको थियो ।
Categorized in विचार