STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार

भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको छ । एक सय १० जना क्षमता रहेको उक्त गृहमा हाल २० बालिका र १७० बालकसहित कूल १९० जना बालबालिका राखिएको बाल सुधार गृहका बाल अधिकार संयोजक सञ्जय राजन श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा कानून बमोजिम सजायको भागिदार भएका बालबालिकाका लागि सञ्चालित बालसुधार गृहमा ठाउँ अभावका कारण बस्ने व्यवस्थामा समस्या परेको श्रेष्ठको भनाइ छ । बालबालिकाको खानपान, परामर्श र अध्ययन भने नियमित सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय