STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालेनकाे जित निश्चित, विजय र्‌यालीकाे तयारी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १२, बिहिबार

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा जित निश्चित गरेका बालेन साहका समर्थकहरूले विजय जुलुसको तयारी गरेका छन् । बालेनले विजय जुलुस निकाल्ने पक्षमा नरहेको भन्दै आ–आफ्नै क्षेत्रमा धन्यवाद र्‍याली आयोजना गर्न सार्वजनिक आह्वान गरे पनि समर्थकहरूले काठमाडौंमै जुलुस निकाल्ने तयारी गरेका हुन् । 

उनीहरूले जुलुसको रुट पनि निर्धारण गरेर सहभागी हुनका लागि आह्वान गरेका छन् । 

‘हाम्रो र्‍याली परिवर्तनका पक्षमा मतदान गर्ने, समर्थन गर्नेहरूलाई धन्यवाद भन्नका लागि हो । त्यसैले सभ्य र अनुशासनमा रहेर हामी र्‍यालीमा सहभागि हुनेछौँ । कसैको विरोध गर्ने वा गिज्याउने छैनौँ । अन्तिम घोषणा भएको केही समयपछि हाम्रो र्‍याली सभागृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै कालीमाटीबाट कलंकी पुग्नेछौँ । त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गर्नेछौँ । आफूलाई पायक पर्ने समय र स्थान मिलाएर आफू व्यक्ति वा समूह र्‍यालीमा मिसिन सक्नु हुनेछ’, बालेन समर्थकहरूले जारी गरेको सूचनामा भनिएको छ । 

बालेन अहिले मतगणना भइरहेको राष्ट्रिय सभागृह पुगेका छन् । कार चढेर सभागृह पुगेका उनी समर्थकहरूसँग सेल्फी लिइरहेका देखिन्छन् । मतगणना अन्तिम चरणमा छ । बालेन ६० हजार भन्दा धेरै मतका साथ विजयी हुने निश्चित छ । 

Categorized in उपत्यका