बिन्ध्यबासिनी म्युजिक अवार्डमा चार स्रष्टालाई सम्मान
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ २२, आइतबार
नेपालको गीत संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बिन्ध्यवासिनी फाउण्डेसन को नवौं बार्षिक भेलाले यस वर्ष हुने मुक्तिनाथ विकास बैंक को प्रस्तुति,रमपम बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७९ मा सम्मानित हुने विभिन्न स्रस्टा एवं पत्रकारको नाम घोषणा गरेको छ ।
शनिबार सम्पन्न फाउण्डेशनको एक बृहत भेलामा भएको निर्णय अनुसार यो वर्ष बिन्ध्यवासिनी फाउण्डेसन का सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष स्वर्गीय प्रेमध्वज प्रधान प्रति समर्पित "प्रेमध्वज संगीत रत्न सम्मान" बाट, यो बर्ष रू २५,०००/- नगद सहित गायक श्री भबीन ढुङ्गाना ज्यू लाई सम्मान गर्ने घोषणा गरेको छ ।
यस्तैगरी बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ बाट रू ५०,०००/- नगद सहित बरिस्ठ गायिका श्री शुक्मित गुरूङ्ग लाई सम्मान गर्ने भएको छ भने बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान २०७९ बाट रू २५,०००/- नगद सहित अग्रज पत्रकार श्री नरेश भट्टराईलाई सम्मान गर्ने निर्णय भएको छ ।
यो वर्ष बिन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभ्मेन्ट अवार्ड २०७९ बाट रू, १,००,०००/- नगद सहित अग्रज संगीतकार श्री प्रकाश गुरूङ ज्यू लाई सम्मान गर्ने निर्णय भएको कुरा प्रकाशमा आएको छ ।
बिन्ध्यवासिनी म्युजिक अवार्ड को १३औं संस्करणको रुपमा आयोजना हुने यो बृहत म्युजिक अवार्डं २०७९ चैत्रमा हुने कुरा आयोजक संस्थाका सिइअो लिना रेग्मीको फेसबुक मा उल्लेख गरिएको छ ।
Categorized in साहित्य-कला

