बिल गेट्स फेरि बने संसारकै धनी व्यक्ति
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २, सोमबार
माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्याक्ति बनेका छन्। ६४ वर्षका गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ।
ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्याक्ति बनेको हुन् ।
सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए। तर, अहिले भने उनी दोस्रो नम्बरमा परेका छन्। उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको ब्लुम्बर्गले जनाएको छ।
यस्तै, धनीको तेस्रो नम्बरमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट परेका छन्। उनको सम्पती १ सय ३ अर्ब अमेरिकी डलर छ। ८६ अर्बसहित चौथो स्थानमा वारेन वफे छन् भने फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५।५ अर्ब डलर सहित पाँचौ स्थानमा पुगेका छन्।
माइक्रोसफ्टको शेयर पछिल्लो समय बढेकाले गेट्सलाई फाइदा पुगेको हो।
अमेरिकी रक्षा विभागले गत अक्टोबर २५ मा १० अर्ब डलरको क्लाउड कम्प्यूटिङ कन्ट्याक दिने घोषणा गरेको थियो। त्यसपछि माइक्रोसफ्टको शेयर ४ प्रतिशतले बढिसकेको छ।
सोही समयमा अमेजनको शेयर भने २ प्रतिशतले घटेको छ। यो वर्षमात्रै माइक्रोसफ्टको शेयर ४८ प्रतिशतले बढेको बताइएको छ।
बेजोस दोस्रो नम्बरमा हुनुको कारण श्रीमतिसँगको सम्बन्ध विच्छेद पनि हो। गत अप्रिलमा उनीहरुको सम्बन्धविच्छेद भएको थियो।
Categorized in अन्तर्राष्ट्रिय