बिहार सरकारका मन्त्रीको काेराेनाबाट मृत्यु
Janjati Khabar – एजेन्सी | २०७७ आश्विन ३०, शुक्रबार
भारतको बिहार सरकारका मन्त्री कपिलदेव कामतको निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर एक साता अघि पटनाको एम्स अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
पहिले देखि नै मिर्गौलाका बिरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको थियो । मुख्यमन्त्री नीतीश कुमारले उनको निधनमा शोक व्यक्त गरेका छन् ।
उनले मन्त्री कामत जनतासँग जोडिएका, आफ्नो नजिकको सहयोगी, एक कुशल प्रशासक र लोकप्रिय नेता भएको उल्लेख गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय

