बिहीबार नेम्वाङको शवयात्रापछि राजकीय सम्मानका साथ अन्त्येष्टि
Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २७, बुधबार
काठमाडौं - संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ ।
उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि०)पुग्न एमालेबाट अनुरोध गरिएको छ ।
शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।
Categorized in राष्ट्रिय

