STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुढानीकलण्ठमा इटालीबाट फर्किएकी महिलाको र्यापिड टेष्ट पोजेटिभ

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ५, शुक्रबार

काठमाडौं– बुढानीलकण्ठ नगरपालिकामा इटालीबाट आएकी एक महिलाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी)मा एन्टिबडी पोजेटिभ देखिएको छ । नगरपालिकाले विदेशबाट आएकाहरुको आरडिटी टेष्ट सुरु गरेपछि ती महिला आफै परीक्षणको लागि आएका थिए । उनको आरडिटी पोजिटिभ देखिए पनि पिसिआर विधिबाट परीक्षण हुन बाँकी छ । पिसिआर परीक्षणको लागि उनको स्वाब संकलन गरी पठाइएको छ । आरडिटीमा पोजेटिभ देखिएकाहरुको पनि पिसिआर परीक्षणमा कोरोनो संक्रमण नेगेटिभ आउन सक्छ । योसँगै उनको आरडिटी टेष्टमा संलग्न एक चिकित्सक, एक सहयोगी र तीनजना ल्याब टेक्निसियनलाई पनि अहिले क्वारेन्टाइनमा राखिएको छ । ती महिला विदेशबाट आएको तथ्यांक स्थानीय तहसँग नभएको र उनी २२ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । चैत पहिलो साता नेपाल फर्किएकी उनी १४ दिनको क्वारेन्टाइनपछि आफन्तहरुसँग भेटघाट गरेको बुझिएको छ ।
Categorized in राष्ट्रिय