STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ४, शनिबार

अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिकामी जनताको आस्थामा आघात पारेको जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै बुद्धको पवित्र जन्मभूमि परिसर क्षेत्रबाट हिंसात्मक गतिविधिसहित अशान्ति मच्चाउने निस्किृष्ट कार्य हुनु क्षोभपूर्ण घटनाले सम्बद्ध क्षेत्रलाई स्तब्ध तुल्याएको जनाएको छ । विज्ञप्तिमा महासङ्घका महासचिव भिक्षु कोण्डन्यले धर्मनिरपेक्ष मुलुक नेपालमा धार्मिक आस्थामाथि नै खलल पु¥याउने बदनियतपूर्ण कार्यले नागरिकको मौलिक हकहित र अधिकारमाथि ठेस पु¥याउने कार्य भएको उल्लेख गर्नुभयो । धार्मिक आस्थामा चोट पुग्ने गरी बुद्धमूर्ति तोडफोड, बिगार्ने कार्यले आपसी सौहाद्र्रतामा आँच आउने निश्चित भएको उहाँले बताउनुभयो । महासचिव कोण्डन्यले यथाशीघ्र दोषी पत्ता लगाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
Categorized in राष्ट्रिय