STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुद्धको स्पष्टोक्तिः हुलहुल्लजले उडानमा ढिलाइ

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३०, सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईमाथि आइतबार नेपालगञ्जमा हुलहुल्लज गरेका कारण उडानमा थप ढिलाइ भएको बुद्ध एयरले स्पष्ट पारेको छ । उक्त घटनाका सम्बन्धमा कम्पनीले आज नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको प्रष्टिकरणमा मन्त्रीलाई पर्खिन केही समयको कुरोको भएपछि मन्त्री विमानस्थलमा आउनासाथ केही उत्तेजित समूहले आक्रोशित रुपमा लहुल्लज गरेकाले उडानमा ढिलाइ भएको उल्लेख गरेको छ । “पर्यटन मन्त्रीज्यू एयरपोर्ट आइपुग्नासाथ बाहिर उत्तेजित समूहले ‘तपाईं किन ढिला आउनुभएको र तपाईंले गर्दा हामी सबैले कुर्नु पर्ने हो र’ भनी अझ आक्रोशित हुनथालेपछि मन्त्री चुपचाप विमानभित्र चढ्नुभयो र सो समूह मन्त्रीसँगसँगै विमानभित्र चढेर ४–५ मिनेटसम्म आक्रोश पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमानसमेत ढल्किएको थियो सो समूहलाई सम्बा बनाइ विमानमा बसाल्दा उडान भर्न ढिला हुन गएको थियो”, बुद्ध एयरको विज्ञप्तिमा भनिएको छ । आक्रोसित समूहलाई साम्य बनाइ विमानको सिटमा बस्न आग्रह गरी उडान गर्दा अझ ढिला हुन गएको थियो । पर्यटनमन्त्री विमानस्थल आउनुअघिनै सुरक्षाकर्मीकै अघि १४÷१५ जना यात्रुको समूह बुद्धका विमान परिचारिकाहरुले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोसित भई विमानबाट बाहिर निस्किएर विमानका कर्मचारीसँग वादविवाद गर्न थालेको र सो विवाद करीब आठ मिनेट चलेको थियो । उक्त घटनामा पर्यटनमन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताका कारण पनि आक्रोसित समूहलाई समयमै साम्य पारी उडान गरिएको बुद्धको विज्ञप्तिमा उल्लेख छ । नेपालगञ्जबाट काठमाडौँ आउने बुद्ध एयरको उडान डिले भएको विषयमा बुद्ध एयरले २४ मिनेट उडान डिले भएको जनाएको छ । काठमाडौँबाट नेपालगञ्जका लागि विमान १६ः५० बजे उड्नुपर्नेमा काठमाडौँबाट नै २३ मिनेट ढिला भई ५ बजेर १३ मा उडेर ६ बजेर २ मिनेटमा नेपालगञ्जमा अवतरण गरेको थियो । काठमाडौँस्थित बुद्ध एयरको फ्लाइट अपरेसनले नेपालगञ्जलाई दिएको रिजर्भ टाइमअनुसार नेपालगञ्जबाट जहाज ६ः२५ को सट्टा ६ः४० मा उड्नुपर्ने थियो । बुद्ध एयरसँगै यती एयरलाइन्सको विमान १७ः५३ बजे अवतरण गरेर १८ः२१ मा उडेको र श्री एयरलाइन्सको विमान १८ः३० मा अवतरण गरेर १८ः५१ मा उडेपछि बुद्ध एयरका यात्रु विमानमा नलगेका कारण असहज महसुस गर्न थालेका थिए । सोही समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका सहयोगीले १८ः२५ तिर नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखलाई फोन गरेर धम्बोजी आइपुगेको जानकारी दिएपछि मन्त्री छिट्टै आइपुग्ने हुँदा एयरपोर्टका कर्मचारीले बुद्ध एयरका यात्रुलाई १८ः३० तिर विमानमा बोर्डिङ गराएको बुद्ध एयरले जनाएको छ ।
Categorized in राष्ट्रिय