बुद्धजयन्तीको दिन लुम्बिनीमा २५६४ दीप प्रज्वलन गरिने, अन्य औपचारिक कार्यक्रम स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १८, बिहिबार
काठमाडौं – यस वर्ष २५६४ औं बुद्ध जयन्तीको उपलक्ष्यमा वैशाख २५ गते वैशाख शुक्ल पूर्णिमाको दिन लुम्बिनीमा २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ ।
लुम्बिनी विकास कोषले यसबाहेक विश्वव्यापी महामारी बनिरहेको कोरोना संक्रमणको कारण यस वर्ष बुद्धजयन्तीका सबै औपचारिक कार्यक्रम स्थगित भएको जनाएको छ ।
कोषले यस वर्ष नेपाल सरकारको निर्देशन पालना गरी सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन पनि आह्वान गरेको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो । तर, कोभिड १९ का कारण उत्पन्न असहज परिस्थतिका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगित हुन पुगेको हो ।
Categorized in राष्ट्रिय