STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुधबार थपिए १ हजार ४४२ संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ४, बिहिबार

काठमाडाैं – बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।

थप १२ जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ। हालसम्म १ हजार २५९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

हल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ। 

Categorized in राष्ट्रिय