STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुलबुलेमा पर्यटक बढे

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २८, बिहिबार

सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । गत साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आइसकेकामा करीब दुई सय विदेशी पर्यटक पुगेका छन् । पछिल्लो समय ताललाई सफा र थप आकर्षित बनाइएकाले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दशँैं र तिहारजस्ता चाडपर्वका बेला यहाँ घुम्न आउनाका साथै पिकनिकका लागि पनि पर्यटक आउने गर्दछन् । चाडपर्व सकिएसँगै पिकनिकस्थलको रुपमा यो क्षेत्र भीड लाग्ने गरेको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँ बुलबुले उद्यान पुनःनिर्माण गरिनाका साथै तालमा डुङ्गा पनि सञ्चालन गरिएको छ । दशैँ ंतिहारपछि बुलबुले ताल घुम्न आउनेको सङ्ख्यामा ह्वात्तै बढेको उक्त समितिका कर्मचारी निर्मला बास्तोलाले बताउनुभयो । मुगुको रारा ताल घुम्न आउने पर्यटक बुलबुलेमा पनि घुमेरै जाने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेने गरेको उहाँको भनाइ थियो बुलबुलेमा यतिबेला दैनिक तीन हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । बर्दियादेखि पिकनिक आउनुभएका कृष्ण रोकायले आफूलाई बुलबुले राम्रो लागेको बताउनुभयो । त्यसैगरी बाँकेबाट घुम्न आउनुभएका सरिता मगरले पहिलेको भन्दा केही परिवर्तन भएको बताउँदै अझै यसलाई व्यवस्थित बनाउन सके बाह्य पर्यटकको आकर्षण बढ्ने जानकारी दिनुभयो ।पर्यटकको सङ्ख्या वृद्धि भएसँगै त्यहाँको आम्दानीसमेत बढन थालेको छ । गत वर्ष दुई लाख ४७ हजार पर्यटक आउँदा रु पाँच लाख आम्दानी भएको उक्त समितिका लेखापाल खड्ग रानाले जानकारी दिनुभयो । सवारी साधन पार्किङ स्थल, पिकनिक स्पट, ‘फिलिम सुटिङ’, खानेपानीको व्यवस्था, डुङ्गामा सयरजस्ता सुविधाका कारण बुलबुले तालबाट आम्दानी हुन थालेको र सो आम्दानी बुलबुलेको संरक्षण, विकास, र व्यवस्थापनमा खर्च हुने उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय